News

Sep 19, 2008

मातृका यादवमाथि पार्टीले कारबाही गर्ने - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पटक पटक विवादास्पद काम गर्ने गरेकाले आलोचित बन्दै आएका माओवादी नेता तथा शुक्रबार भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट राजीनामा दिएका मातृका यादवमाथि पार्टीले कारबाही गर्ने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ । सरकारको संसदमा गर्न लागेको बजेट प्रस्तुतिका अवसरमा संसद भवन पुग्नुभएका प्रधानमन्त्रीले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा यस्तो बताउनुभएको हो ।आफू भारत भ्रमणमा रहेका बेला यादवले आफैं संलग्न भइ सिरहाको मिर्चैयामा घरजग्गा कब्जा गरेको घटनाप्रति दुख लागेको पनि उहाँले बताउनुभयो । यादवको गतिविधि पार्टी नीति विपरीत भएको भन्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पार्टीले उनलाई आवश्यक कारबाही गर्ने बताउनुभयो ।

No comments: