News

Sep 17, 2008

संसदीय व्यवस्था नमान्ने प्रधानमन्त्रीको भनाइप्रति कोइरालाको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले ससदीय ब्यवस्था नमान्ने भनी प्रधानमन्त्री प्रचण्डले दिएको अभिब्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाले प्रधानमन्त्रीले आदर्श र सिद्धान्तलाई भुलेर अभिब्यक्ति दिएको आरोप समेत लगाउनुभएको छ । सभापति कोइरालाले प्रजातन्त्र र कम्युनिज्मको फ्युजन नै समाजवाद भएको बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले सविधानसभामा दिनुभएको अभिब्यक्तिलाई शब्दजालको संज्ञा दिदै सभापति कोइरालाले यस किसिमका अभिब्यक्तिले माओवादीको नियतप्रति शंका उब्जाएको बताउनुभयो । सर्वमान्य नेता गणेशमान सिंहको ९ औ स्मृति दिवस अवसरमा नेपाल बिद्यार्थी संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले इतिहासको राम्रो अध्ययन गरेर मात्र धारणा राख्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।सभापति कोइरालाले भ्रातृ संगठनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुलुकका विभिन्न स्थानमा तरुण दस्थाका नाममा भएका गतिविध्रि्रति आफ्नो ध्यानकर्षण भएको बताउनुभयो । तरुण दलका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको भनाइप्रति पनि सभापति कोइरालाले आयोगको टिप्पणी गर्नुभयो । उहाले मानव अधिकारको हनन भएको नहेर्ने आयोगले तरुण दलले ज्यादति गरेको आरोप लगाएको बताउनुभयो । उहाँले भन्नुभयो- जहाँ स्वतन्त्रतामागि हस्तक्षेप हुन्छ त्यहाँ गिरिजाप्रसाद, तरुण दल र नेविसंघ हुन्छ ।

No comments: