News

Sep 19, 2008

बस दुर्घटना हुँदा १४ जना यात्रुको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यात्रुबाहक एउटा बस धादिङको भुमेस्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा १४ जना यात्रुको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना३ख ३५५४ नम्बर बस धादिङ भूमेस्थान गाविस वडा ४ मा दुर्घटना हुँदा ती यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमध्ये पाँचजनाको सनाखत हुन सकेको छैन । चलाक निदाएकाले बस पल्टेको जनाइएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा धनुषाको युगेयाभूमि गाविस वडा ५ का प्रेमकुमार महतो, मकवानपुर जिल्ला राइ टोलका कन्डक्टर कुमार राइ, धादिङ बेनीघाट-४ का चालक राजेन्द्र रोक्का, वीरगन्जका लक्ष्मी अधिकारी, भारत मुजफपुरका शतेन्द्रकुमार चौधरी, भारत हरियानाका तमोर पट्टेल, भारतकै रमेश महतो, विराटनगरका नितेश थापा र ठेगाना नखुलेका नरेश सहनी रहेका छन् । पाँच जनाको सनाखत हुन सकेको छैन ।घाइतेमध्ये २६ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । अत्यधिक गतिमा आएको बस सडकबाट डेढसय मिटर तल महेश खोलामा खसेको थियो ।

No comments: