News

Sep 17, 2008

घुस लिँदालिँदै आयल निगमका कर्मचारी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगम अनुगमन गुणस्तर विभाग काठमाडौँका पाँच कर्मचारीलाई घुस लिंदालिंदै बिहीबार नवलपरासीको दुम्कीबासमा पक्राउ गरिएको छ । काठमाडौँबाट पेट्रोल पम्पहरुको गुणस्तर नाप तथा अनुगमनमा हिँडेका उनीहरुलाई दुम्कीबास-१ स्थित दाउन्नेदेवी आयल स्टोर्समा एक लाख रुपैयाँ घुस लिंदालिंदै नेपाल तरुण दल, नवलपरासीका अध्यक्ष गणेशबहादुर बस्नेतको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा विभागका प्रबन्धक डम्बर बस्नेत, सहायक प्रबन्धक आनन्द आचार्य, अधिकृत निर्मल गौतम, सहायक वरिष्ठ अधिकृत हिकमत थापा र गाडी चालक रामप्रसाद उप्रेती रहेका छन् । अनुगमन टोलीले 'तपाइँको तेल गुणस्तरहीन छ' भनी एक लाख घुस मागेपछि आफूले दिएको आयलस्टोर्सका सञ्चालक नन्दकिशोर जोशीले बताएका छन् । उनीहरुलाई घुस लिएको एक लाख रकमसहित इलाका प्रहरी कार्यालय, दुम्कीबासमा बुझाएको तरुण दल नवलपरासीका बाबुराम कँडेलले बताए सञ्चारकर्मीलाई जानकारी दिए ।

No comments: