News

Sep 21, 2008

कोसीले राजमार्ग बगाएपछि विकल्पका रुपमा डुंगा सञ्चालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी नदीले पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड क्षतिग्रस्त पारेपछि आवागमन बन्द भएकाले यात्रुहरु ओसारपसारका लागि विकल्पका रुपमा डुंगा सञ्चालन
गरिएको छ । कोसीले राजमार्ग बगाएपछि एक महिनायता आवागमन बन्द भएको छ । यात्रु तथा सामान ओसारपसार गर्नका लागि डुंगा सञ्चालन गरिएको हो ।लौकहीदेखि सुनसरीको भण्टाबारीसम्म १५ किलोमिटर क्षेत्र पार गर्नका लागि डुंगालाई दुइ घण्टा समय लाग्ने र नाउ सञ्चालकहरूले प्रतिव्यक्ति २ सय रुपैयाँ भाडा लिएर नदी पार गराउने गरेका छन् । उता उदयपुरको रामपुरसम्म जाने चतरा खण्डको बाटो पनि विकल्पका रुपमा प्रयोग भइरहेको छ ।गत भदौ २ गते कोसीको तटबन्ध भत्केपछि नदी सुनसरीका गाउँ छिरेको थियो । बेगसँग बगेको नदीले राजमार्ग क्षतिग्रस्त पारेको थियो । मुख्य गरी चारवटा गाउँ पुरै डुबानमा परेपछि ४० हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।

No comments: