News

Sep 17, 2008

गैंडा जोगाउन अठार सूत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वकै दुलभ एकसिंगे गैंडा संरक्षणसम्बन्धी पाँच विषयमा विभिन्न १८ वटा संकल्प पारित गर्दै दक्षिण एसियाली गैंडा विशेषज्ञ समूहको तीनदिने बैठक बुधबार चितवनको सौराहामा सकिएको छ। बैठकमा नेपाल र भारतमा गैंडा संरक्षणका लागि कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूसमेत ४० जनाको सहभागिता थियो। सो बैठकले संकल्प गरेका प्रस्तावहरू गैंडाको गणना, बासस्थान सुधार, संरक्षणकर्ताहरूको क्षमता अभिवृद्धि, परस्पर समन्वय र सहकार्यको विकास तथा पुरस्कारको स्थापनासँग सम्बन्धित छन्। दुइ वर्षछि सन् २०१० मा नेपाल र भारतका सम्पूर्ण संरक्षित क्षेत्रहरूमा एकैसाथ गैंडा गणना गर्ने र त्यसपछि प्रत्येक तीनदेखि पाँच वर्षो बीचमा यो क्रमलाई निरन्तरता दिने संकल्पलाई बैठकले पहिलो प्राथमिकतामा राखेको छ। फरक-फरक समयमा गरिएको पछिल्लो गणनाअनुसार नेपालमा ४ सय ३५ र भारतमा २ हजार २ सयवटा एकसिंगे गैंडा छन्। एकैचोटि गणना गर्दा विश्वका एकसिंगे गैंडाको एउटै तथ्यांक आउने र त्यसबाट संरक्षणका रणनीतिहरू बनाउन सजिलो पर्ने बैठकमा सहभागी वन मन्त्रालयका सहसचिव श्याम बजिमयले बताउनुभयो। दुलभ एकसिंगे गैंडा हालसम्म नेपाल र भारतमा मात्र जोगिएको छ भने अहिले भुटानमा पनि संरक्षण गर्ने प्रयास भइरहेको छ। विशेषज्ञ समूहको बैठकले नेपालका सुक्लाफाँटा र बर्दिया तथा भारतका गोरुमारा, मानस, दुधवा र कतर्नियाघाट जस्ता गैंडाको संख्या थोरै भएका संरक्षित क्षेत्रहरूमा रेडियो कलर जडान गरेर वा प्रत्येक गैंडालाई पछयाउने पद्धति अपनाएर नियमित अनुगमन थाल्ने निर्णयगरेको छ। बैठकले गैंडा संरक्षणमा उत्कृष्ट योगदान पुर्याउने नेपाल र भारतका एक/एक जनालाई प्रत्येक वर्षदिने गरी डा. तीथमान मास्के पुरस्कार स्थापना गर्ने निर्णयगरेको छ। दुइ वर्षघि ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुघटनामा परी मारिएका एसियाली गैंडा विशेषज्ञ समूहका तत्कालीन उपाध्यक्ष मास्केको सम्मानमा सो पुरस्कार स्थापना हुन लागेको हो। गैंडा संरक्षणसम्बन्धी बैठक दक्षिण एसियाली गैंडा विशेषज्ञ समूह र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजना एवम् राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष नेपाल र कोषको एरियाज कार्यक्रमको सहयोगमा भएको थियो। समूहको आगामी बैठक अर्को वर्षभारतको दुधवा राष्ट्रिय निकुञ्जमा हुने कार्यक्रम तय गरिएको छ।

No comments: