News

Sep 19, 2008

मन्त्री मातृका यादवले मन्त्री पदबाट शुक्रबार राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहामा सर्वसाधारणको घरजग्गा आफैं समेत लागेर कब्जा गर्ने कार्यमा संलग्न भएपछि विवादस्पद बनेका भूमिसुधार तथा व्यवस्था मन्त्री मातृका यादवले मन्त्री पदबाट शुक्रबार राजीनामा दिनुभएको छ । उहाँको त्यस्तो गतिविधिको चौतर्फी आलोचना भइरहेका बेला आफूले कुनै गल्ती नगरेकाले आत्मालोचना नगर्ने भन्दै प्रधानमन्त्री निवास पुगेर राजीनामा दिनुभएको हो ।सिरहा घटनाबारे माओवादी सचिवालय वैठकले यादवलाई आत्मालोचना गर्न निर्देशन दिएको थियो । यादवले राजीनामा दिएपछि नेकपा एमाले र मधेसी जनअधिकार फोरम जनविरोधी पार्टी भएको भन्दै आलोचना गर्नुभयो । यतिमात्र होइन उहाँले एमालेले भारतीय नागरिकलाई मन्त्रिमण्डलमा पठाएको दाबी समेत गर्नुभएको छ ।माओवादी केन्द्रिय नेता यादव यसअघि पनि पटक पटक विवादमा पर्दै आउनुभएको छ । कहिले आफू मातहतका कर्मचारीलाई शौचालयमा थुन्ने अनि कहिले आफ्नो सुरक्षाका लागि बसेका सैनिकहरुलाई सुरक्षा दिन सक्दैनौ जाउ भन्ने जस्ता विवादास्पद घटनाहरुमा संलग्न भएपछि उहाँको चौतर्फी आलोचना भएको थियो ।

No comments: