News

Sep 21, 2008

मैनाली हत्या विरोधमा सबै कार्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहन मैनालीको हत्याको विरोधमा उक्त जिल्लाका सबै सरकारी, स्थानीय निकाय, वित्तीय संस्था, संस्थानलगायतका कार्यालयहरू आज आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् ।कर्मचारी संगठनहरुको संयुक्त वैठकले निर्णय गरेअनुसार हत्या विरोधमा उक्त कार्यक्रम गरिने भएको हो । बैठकले मृतक मैनालीलाई सहिद घोषणा गर्नुपर्ने, आस्रित परिवारलाई क्षतिपूर्तिबापत न्यूनतम १५ लाख रुपैयाँ दिनुपर्ने, हत्यारालाई अविलम्ब पक्राउ गरी आवश्यक कारबाही गरिनुपर्ने, मृतकको परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था मिलाउनुपर्ने र राष्ट्रसेवक कर्मचारीहरूलाई काम गर्ने वातावरण निर्माण गरी शान्तिसुरक्षा प्रदान गरिनुपर्ने पाँच वटा माग राखेको छ ।तराइमा सशस्त्र संघर्षरत भूमिगत संगठनका कार्यकर्ताले मैनालीलाई गोली हानी दुइ दिनअघि हत्या गरेका थिए । हत्याको विरोधमा कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

No comments: