News

Sep 17, 2008

कोसी विस्थापितका लागि चार करोडको सामग्री सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको तटबन्ध भत्केर गाउँ जलमग्न भएपछि विस्थापित बनेकाहरुका लागि सेल्टर बक्स ट्रष्ट नामक संस्थाले चार करोड मूल्य बरावरको निर्माण तथा अन्य
सामानहरु उपलब्ध गराएको छ । विस्थापित भइ सुनसरी र सप्तरीका विभिन्न शिविरहरुमा बसेकाहरुलाई रोटरी इन्टरनेशनल नेपालको पहलमा ती सामाग्री वितरण गरिएको रोटरी डिष्ट्रीक ३२९२ का सल्लाहकार वासुदेव गोल्यानले जानकारी दिनुभयो ।ट्रष्टले उपलव्ध गराएको प्रत्येक टेण्टमा १० जनासम्म सहज रुपमा वस्न सक्ने छन् । ट्रष्टले उपलव्ध गराएका ६ सय २४ थान टेण्टमध्ये ३ सय सुनसरीमा र बाँकी सप्तरीमा निर्माण गरिएका छन् । बाढीपीडितहरुलाई ट्रष्टले भाँडा, कपडा, खाना पकाउने चुल्हो र औषधि पनि उपलव्ध गराएको छ ।

No comments: