News

Sep 17, 2008

दक्षिण कोरियामा नेपाल कल्चर भिलेजको स्थापना हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरियाको खाङृवनदो ईन्जे स्थित फेक्ताम गुम्बाको वरिपरी ७७७ मिटरको क्षेत्रमा नेपाल कल्चर भिलेज तथा भगवान गौतम बुद्धको शिलाको स्थापना गर्ने भएको छ । गत सेक्टेम्बर १७ तारिख बुधबारको दिन नेपाली दूतावासको भवनमा कोरियाका लागी नेपाली राजदुत कमल प्रसाद कोईराला तथा खाङृवनदो ईन्जे काउण्टी काउन्‍सीलका मेयर पार्क साम ने बीच मेमोरेण्डम अफ अन्डरस्टाण्डीङृ (एमओयु) को सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा ईन्जे काउन्‍सीलका प्रतिनिधिहरु तथा नेपाली दूतावासका अन्य कर्मचारीहरु गरी अन्दाजी २० जनाको सहभागी रहेको थियो । साथै खाङृवनदो ईन्जेमा यहि आउँदो सेक्टेम्बरको २७ र २८ तारिखको दिन नेपाल कल्चर भिलेज स्थापनाका लागी विभिन्न किसिमका कार्यक्रम गर्ने भएको छ । ईन्जे काउन्‍सीलका एक प्रतिनिधिले नेपाल कल्चर भिलेजको स्थापनाले नेपाल र कोरियाका बुद्ध धर्मको भाईचारा सम्बन्ध कायम हुनुको साथै ईन्ज कोरियाका बुद्धधर्माव लम्वी हरुको लागी एक पवित्र स्थान बन्न सक्नेमा आशावादी रहेको बताएनु भयो ।

No comments: