News

Sep 17, 2008

वार्षिक बजेटबारे अर्थमन्त्रीद्वारा सबै दलसँग छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले चालु आर्थिक बर्ष २०६५/६६ को वार्षिक बजेटबारेको स्वेतपत्र बिहीबार जारी गर्नुहुने भएको छ । सरकारले भोलि शुक्रबार सार्वजनिक गर्न लागेको वार्षिक बजेटबारे संविधानसभामा प्रतिनिधित्व गर्ने २५ सै दलसँगको छलफलका क्रममा मन्त्री भट्टराइले द्वन्द्व समयका पीडितकलाई राहत र पुनः निर्माणमा बजेटले प्राथमिकता दिएको जानकारी दिनुभयो ।ठवल डिजिटमा आर्थिक विकास गर्ने र बजेट खर्चलाई ५८ प्रतिशतबाट घटाएर ५३ प्रतिशतमा झार्ने बजेट कार्यक्रमबारे २५ सै दललाई जानकारी दिंदै मन्त्री भट्टराइले, परनिर्भरतालाई घटाउने लक्ष्य बजेटको रहेको बताउनुभयो । बजेटले कृषिलाई पहिलो जलश्रोतलाई दोश्रो, पर्यटन र संस्कृतिलाई तेश्रो तथा निजी क्षेत्रको साझोदारी चौथो स्थानमा राखेको पनि मन्त्री भट्टराइले जानकारी दिनुभयो । यसैबीच चालु आर्थिक बर्ष २०६५/६६ को वार्षिक बजेटबारे संविधानसभामा प्रतिनिधित्व गर्ने २५ सै दलबीच अहिले छलफल भइरहेको छ ।संसद सचिवालय सिंहदरबारमा जारी अर्थमन्त्री डा.भट्टराइले बजेटका सम्बन्धमा पालैपालो दलहरुको राय, सल्लाह र सुझाब लिइरहनुभएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. भट्टराइले संविधानसभा अन्तर्गत व्यवस्थापिकाको शुक्रबार बस्ने बैठकमा सार्वजनिक गर्न लाग्नुभएको बार्षिक बजेटबारे सुझाव संकलन गर्न २५ दलको बैठक बोलाउनुभएको हो ।

No comments: