News

Sep 21, 2008

अन्तर्राष्ट्रिय शान्ति दिवस अवसरमा सन्देश दिंदै - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो शान्ति र समतापूर्ण सामाजिक-साँस्कृतिक-आर्थिक विकास नेपाली मात्रका साझा आकांक्षा र आवश्यकताहरू भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवस अवसरमा सन्देश दिंदै उहाँले यस्तो उल्लेख गर्नुभएको हो ।उहाँले राज्यका हरेक अंग र तहमा सबैको सार्थक एवं सम्मानजनक सहभागिता, राज्यका स्रोत र साधन तथा अवसरहरूमा सबैको समानुपातिक पहुँच र आम जनताका जायज माग र आवाजहरूको अर्थपूर्ण सम्बोधन नभएसम्म यी आशा र अपेक्षाहरू पूरा हुन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ ।अन्तर्राष्ट्रिय शान्ति दिवस अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्रीले नेपाली मात्रको महान त्याग र बलिदानबाट आर्जित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जनादेश प्राप्त सरकारको अग्रसरतामा यो दिवस मनाउनुको सान्दर्भिकता र उपादेयता अझै बढी रहेको बताउनुभएको छ । प्रधानमन्त्री शनिबार राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

No comments: