News

Sep 21, 2008

व्यापारिक प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्क प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा निजी क्षेत्रको एक व्यापारिक प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ । संयुक्त राष्ट्रसङ्घको ६३ औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा न्युयोर्क गएको प्रतिनिधिमण्डलमा अध्यक्ष जोशी सम्मिलित हुनुभएको महासंघले जनाएको छ ।निजी क्षेत्रको तर्फबाट गएको प्रतिनिधिमण्डलमा सम्मिलित हुनुहुने उद्योगी व्यवसायीहरूमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष र उपाध्यक्ष क्रमश प्रशान्त पोखरेल र उद्धवराज पाण्डे, महासंघका जलविद्युत् मञ्चका संयोजक ज्ञानेन्द्रलाल प्रधान, महासंघकै निकासी प्रवर्द्धन मञ्चका संयोजक अनुप मल्ल र ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको छ ।

No comments: