News

Oct 12, 2008

मलेसिया र दुबइमा रहेका दुइ युवकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोजगारीका लागि मलेसिया र दुबइमा रहेका पूर्वी पहाडी जिल्ला ताप्लेजुङका दुइ युवकको त्यहीँ मृत्यु भएको छ । ताप्लेजुङको थुम्बेदिन गाविस वडा ८, फूलबारीका लक्ष्मीप्रसाद खरेलको शनिबार मृत्यु भएको हो । त्यहीँको एक कम्पनीमा कार्यरत खरेल दसैं मनाउन साथीकहाँ गएका बेला अचानक मृत्यु भएको खबर आएको परिवारले जनाएका छन् ।६ महिनाअघि दुबइ पुगेका उनको मृत्युको कारण खुल्न नसकेको जनाइएको छ । यसैगरी ताप्लेजङकै हाङदेवाका भरत लाबुङको मलेसियामा शनिबारै मृत्यु भएको छ । आफू काम गर्ने कम्पनीमा केही दिनअघि मेसिनमा परेर गम्भीर घाइते भएका उनको सोही कम्पनीले उपचार गराइरहेको अवस्थामा मृत्यु भएको खबर आएको परिवारले जनाएका छन् । उनी एक वर्षअघि रोजगारीका सिलसिलामा मलेसिया पुगेका थिए ।

No comments: