लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हैदराबाद, भारत, (एजेन्सी) भारतीय सत्तारूढ कांग्रेस पार्टी अत्यन्त लोकप्रिय नेता राजशेखर रेड्डीको निधनले शोकविहवल भएर उहाँका ६७ जना समर्थकको मृत्यु भएको छ। बुधबार भएको एक हेलिकोप्टर दुर्घटनामा आन्ध्र प्र्रदेशका मुख्यमन्त्रीसमेत रहेका रेड्डीको निधन भएपछि भारतीयहरू शोकाकुल भएका थिए।रेड्डीको निधन भएको शोकमा १० जनाले आत्महत्या गरेको र बाँकीको हृदयाघातबाट मृत्यु भएको जनाइएको छ। कुनै लोकप्रिय व्यक्तिको निधनको प्रभावमा मृत्यु भएको यो संख्या भारतमा मात्र नभई विश्वमै अहिलेसम्मकै उच्च भएको अनुमान गरिएको छ।आत्महत्या गर्नेहरूमध्ये केहीले आत्मदाहसमेत गरेको समाचार सञ्चारमाध्यमहरूबाट आइरहेको छ। दिवंगत राजशेखरका छोरा जगमोहन रेड्डीले समर्थकहरूलाई आत्महत्या नगर्न अपिल गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

No comments:
Post a Comment