News

Jan 20, 2010

लिम्बूवान स्वायत्त नागरिक एकता समाज यूकेको गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्बो
माघ ६ - नेपालमा आत्मनिर्णय अधिकार सहितको लिम्बूवान स्वायत्त राज्यको माग भइरहेको बेला बेलायतको पश्चिम लण्डनस्थित होन्स्लोको बिभर्ली ब्यारेक्समा बुधबार सोही विषयमा वृहत अन्तक्रिया भएको छ । लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेको आयोजनामा सम्पन्न अन्तक्रियामा किरात लिम्बू इतिहासकार समेत रहेका पुर्व गोरखाप्रसाद थेवेले ऐतिहासिक दस्तावेजको आधारमा लिम्बुवानको माग सही भएको ठहर गरेका छन् । इतिहासमा अरुण पूर्वका नेपालका नौ जिल्लामा लिम्बू जातिको मात्र शासन अधिकार रहे पनि पछिल्लो सन्दर्भमा सवै जातजाति आदिवासी जनजातिको अधिकार पनि सुरक्षित रहने लिम्बुवान स्वायत्त राज्यको व्यबस्था अव बन्ने नया संविधानमा किटान हुनुपर्ने बताए । अन्तक्रिर्यामा वक्ताहरुले लिम्बुवानको आन्दोलन धेरै अगाडि बढिसकेकोले संघीय गणतन्त्र नेपालको संविधानमा लिम्बूवान स्वायत्त नभए विद्रोह हुनसक्ने र नेपाल पनि टुक्रिने चेतावनी दिएका थिए । इतिहासकार थेवेले लिम्बुवानको इतिहासलाई शासक वर्गले बङ्ग्याएको आरोप लगाउदै ऐतिहासिक आधारमा लिम्बूवानको सिमाना तिब्बत, जलालगढ, अरुण नदी र टिष्टा नदीसम्म रहेको दस्तावेज सुरक्षित रहेको बताए । थेवेले बि.सं. १८३१ मा गोरखा राजा र लिम्बुहरुको बीचमा किपट सम्झौता हुदा पनि माथिकै सिमाना कायम रहेको दावी गरेका छन् । उनका अनुसार ई.सं. १८१६ मा नेपालको ब्रिटिश इष्ट इन्डिया कंपनिसंग सुगौलि सन्धि भएपछि मात्र लिम्बुवानको सिमाना पूर्वमा मेची नदी पश्चिममा अरुणकोशी नदी उत्तरमा तिब्ब्त र दक्षिणमा जोगवनि गलगलीया कायम भएको हो । अवधारणापत्र प्रस्तुत गर्दै उनले तत्कालीन समयमा किपटको अधिकार नै स्वायत्तताको अधिकार भए पनि भूमि सम्बन्धि ऐन २०२१ लागु भएपछि किपट जग्गा नापी भएर रैकर जग्गामा परिणत भएपछि लिम्बुवानको स्वायत्तता पनि समाप्त भएको दावी गरे । लिम्बुवानको ऐतिहासिक दस्तावेजका आधारमा आफूले अवधारण पत्र तयार गरेको उल्लेख गर्दै थेवेले भने, 'शाह राजाहरुको पालामा पनि लिम्बुवानको भौगोलिक सिमानालाई मान्यता दिएको थियो । बि.सं. १८९१ रुक्कामा अरुण पूर्व मेची पश्चिम भर लिम्बुवान र बि.सं. २००८ मा राजा त्रिभुवनले दिएको लालमोहोरमा पनि अरुण पूर्व मेची पश्चिम भोट दक्षिण भनि लिम्बुवानको सिमानाको प्रष्ट किटान भएको छ ।' उक्त अवसरमा पूर्व वि्रटिस गोरखा प्रसाद थेवेको संयोजकत्वमा ४२ सदस्यीय लिम्बुूवान स्वायत्त नागरिक एकता समाज यूकेको गठन भएको छ । नेपालमा लिम्बुवान स्वायत्तताको लागि आन्दोलनरत लिम्बुवान संगठनलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने उदेश्यले नागरिक एकता समाजको गठन गरेको नवगठित समितिका संयोजक थेबेले बताए । समितिका उपाध्यक्ष निर्मल पतंवाले लिम्बुवानको वर्तमान राजनैतिक अवस्थाबारे जानकारी दिएका थिए भने दिल सम्बाहाङ्गफेले संस्थाको आवश्यकताको बारेमा प्रष्ट पार्दै देशमा संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएलेले लिम्बुवान स्वायत्त राज्य स्थापनाको गर्न लिम्बुवान क्षेत्रका यूकेबासीहरु संगठीत भएको बताए । उक्त अवसरमा ऐतिहासिक जातियताको आधारमा लिम्बुवान स्वायत्त राज्यको हाल मेची र कोशी अंचलको नौ जिल्लाको लिम्बूवानबासी सबै जातिहरु सामेल भएको लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेको गठन भएको छ । उक्त समितिमा दोश्रो उपाध्यक्षमा गोपाल गिरि, तेश्रा उपाध्यक्षमा दिल सम्बाहङ्गफे, सचिव विजय विक्रम लिङ्गदेन, सहसचिबमा श्रीमति लिला सेत्लीङ्ग, कोषाध्यक्षमा देब हक्पाचोङ्गबाङ्ग, सहकोषाध्यक्षमा नरेन्द्र लिम्बू रहेका छन् । कार्यकारी सदस्यहरुमा डमर सिङ्गगक, नवीन सिवा, लक्ष्मण राजबंसी, जय मादेन, प्रकाश नेम्बाङ्ग, फुलमान तामाङ्ग, लक्ष्मी घिसिङ्ग, लगायत रहेका छन् ।

No comments: