News

Jan 19, 2010

६ सदस्यीय कार्यदलमा तीनै प्रमुख दलका २-२ जना सदस्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ५,उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले कार्यविधिको मस्यौदा बनाउन कार्यदल गठन गरेको छ। ६ सदस्यीय कार्यदलमा तीनै प्रमुख दलका २-२ जना सदस्य तोकिएका छन्। जसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ, कङ्ग्रेसबाट अर्जुननरसिंह केसी र कृष्ण सिटौला छन् भने एमालेबाट भरतमोहन अधिकारी र युवराज ज्ञवाली छन्। कार्यदललाई मस्यौदा तयार पारी पेश गर्नका लागि ८ गतेसम्मको समायवधि कार्यदललाई दिइएको छ। ८ गते बस्ने संयन्त्रको अर्को बैठकमा सो मस्यौदा बारे छलफल हुने सहमती भएको बैठकमा सहभागी सिटौलाले नागरिकन्युजलाई बताए।बैठकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौला, रामशरण महत तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ सहभागी थिए। एमाले अध्यक्ष झलनाथ खनाल र भरतमोहन अधिकारी उपस्थित थिए।मंगलबार विहान ९ बजेदेखि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा भएको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल सबैभन्दा पहिला पुगेका थिए। उनी केही समय बसेर फर्किएका थिए। प्रधानमन्त्री नेपाल फर्किएको केहीबेर पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल बैठकमा पुगेका थिए। संयन्त्रको बैठकमा कांग्रेस सभापति कोइरालाले माओवादीलाई १० माघदेखिएको आमहड्ताल फिर्ता लिन आग्रह गरेका थिए। माओवादी अध्यक्ष दाहालले ८ गतेकै संयन्त्रको बैठकपछि मात्र त्यस विषयमा केही भन्न सक्ने जवाफ दिएका थिए।

No comments: