News

Jan 18, 2010

दिलबहादुर हत्या प्रकरण सुनुवाई जारी हङकङमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/भूपेन्द्र चेम्जोङ
१५ जनवरी २०१०, प्रहरीलाई उजुर गर्ने युनवाईको वयान सकिएको छ । उनको वयानअनुसार लोकमान सान चुनको डाँडामा कालो वर्णको मानिस ‘आछा’ले फोहोर मैला थुपारेकोले मच्छेरहरु आउन थालेपछि त्यस कालो वर्णको मानिसलाई धपाउने प्रहरीलाई अनुरोध गरेको बताइन् । उनले पहिले काउलून सिटीको प्रहरी थानामा फोन गरिन् । पछि त्यस थानाले त्यो क्षेत्र नहेर्ने भनेपछि हुङहमको प्रहरीमा फोन गरेर उजुरी गरिन् । उजुरीमा लोकमाना सान चुनमा रहेका कालो वर्णको विदेशीलाई धपाउन प्रहरीलाई अनुरोध गर्दा प्रहरीले आईडी कार्ड भएको मान्छेलाई धपाउन सकिँदैन भने । वाईले आईडी कार्ड नभएको मान्छे जस्तो छ भनेपछि, प्रहरी आउन तयार भएको वताइन् । अदालतमा वयानको क्रममा कसरी आईडी नभएको मान्छे भनेर भन्न सक्नुभयो त भन्ने प्रश्नमा केही हदसम्म कालो वर्णको भएकोले र अर्को कुरा पहिलेको एक घटनामा, घटना घटेको नजिकै चौतारीमा पानी पोखाएर बस्ने नहुने भएपछि, वाईको साथीले प्रहरी बोलाउँछु भनेर मोवाइल फोन निकालेपछि भागेकोले त्यस्तो अन्दाज लगाएको बताइन् । ‘तपाइँको कुनै दक्षिण एसियालीहरु साथी छन् वा उनीहरुको विषयमा थाहा छ -’ भन्ने प्रश्नमा ‘छैन’ भनी उत्तर दिएकिथिईन् ।वाईको जवाफहरु स्वभाविक नभएर अरु कसैले सिकाएको जस्तो लाग्दथ्यो । उनको उजुरीको कारणले प्रहरीले गोलीबाट व्यक्तिको मृत्यु भए पनि दुःख नलागेको जस्तो देखिन्थ्यो । वयानको क्रममा प्रहरी र दिलबहादुर झम्टाझम्टी परेको बताइन् । दिलबहादुर लिम्बूले कुर्सी उचालेर प्रहरीतिर आक्रमण गर्दा प्रहरीको हातमा चोट लागेको बताइन् । दिलबहादुर लिम्बू कम्मरदेखि माथि नाङगै थियो तर प्रहरीले चहकिलो पाटे ज्याकेट लगाएको थियो । ज्याकेटको कारण लिम्बूभन्दा प्रहरीलाई राम्रोसंग देख्न सकिन्थ्यो नि, भन्ने प्रश्नको उत्तरमा उनले ‘होइन, उस्तै उस्तै देखेँ’ भन्ने जवाफ दिईन् ।वाईले प्रहरीसामु दिएको लिखित वयानमा लिम्बूलाई ‘आछा’ भन्ने शव्द प्रयोग गरिएकोले वादीका वकीलले त्यस क्षेत्रमा लिम्बूलाई अन्य कुनै नामले पनि पुकारिन्थ्यो कि भन्ने प्रश्न गर्न लाग्दा यो अदालत जातीय भेदभाव हेर्ने अदालत होइन भन्दै विपक्षी अधिवक्ताहरुले आपत्ति जनाएका थिए । च्याम्वर्स हियरिङमा पक्षका अधिवक्ता नाइजेल केटले यो एकदमै महत्वपूर्ण विषय हो, वाइले कालो वर्ण भएको आधारमा कुनै फरक व्यवहार गरेर प्रहरी बोलाएको हो कि भन्ने विषयमा यो छानविनले जवाफ दिनुपर्छ भनेपछि प्रश्न सोध्न दिइएको थियो । अधिवक्ता नाइजेल केटलाई वाईको ठेगाना पनि सार्वजनिक गर्न दिएनन् ।लिम्बू यही जन्मेका हुन्, उनको बावुले हङकङमा सेनाको रुपमा सेवा गरेका थिए भन्दा वाईको अनुहार एक्कासी परिवर्तन भएर गम्भीर भएको थियो । त्यसपछि उता यससम्वन्धि प्रश्न केटलाई सोध्न दिइएन ।सोमवार भीडीयो खिच्नेको वयान लिइने छ ।
(’आछाउ’-'आछा’ गन्हाउने मान्छेलाई भनिन्छ, खासगरी यो शब्द पाकिस्तानीहरुका लागि मूल रुपमा स्थानीय चाइनिजहरुले प्रयोग गर्ने गर्दछन् ।-सं)

No comments: