News

Jan 21, 2010

म्याराडोनाले आयोजक मुलुकको सुरक्षा व्यवस्थाप्रति सन्तुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी विश्वकप फुटबलका क्रममा आफ्नो टोलीले बस्ने तथा तालिम लिने दक्षिण अफ्रीकी खेलकुद क्याम्पसको निरीक्षणका क्रममा अर्जेन्टिनी प्रशिक्षक डियगो म्याराडोनाले आयोजक मुलुकको सुरक्षा व्यवस्थाप्रति सन्तुष्टि जनाएका छन् ।दक्षिण अफ्रीकाले विश्वकप आयोजनाको अधिकार पाएलगत्तै त्यस मुलुकमा अत्यधिक मात्रामा रहेको अपराध दरका कारण अधिकांश मुलुकले सुरक्षाप्रति चासो देखाउँदै आएका थिए । साथै अफ्रीकन नेसन्स कप खेल्न आएको टोगोको टोलीलाई अंगोलामा एम्बुसमा पारिएपछि दक्षिण अफ्रीकाको सुरक्षाका विषयमा थप शंका गर्न थालिएको छ । फिफाको दुईमहिने प्रतिबन्धबाट मुक्त भएपछिको भ्रमणका क्रममा म्याराडोनाले सुरक्षाका विषयमा सामान्य जवाफ दिए पनि १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्न सक्ने आशा व्यक्त गरे ।'२४ वर्ष लामो प्यास मेटाउनेछौँ,' म्याराडोनाले भने, 'चाहना र आशा चाँडै पूरा हुँदै छ ।' मित्रवत् व्यवहारमा देखिएका म्याराडोनाले क्याम्पसका विद्यार्थीलाई अटोग्राफ दिनुका साथै केहीबेर फुटबल पनि खेले ।सुरक्षाका बारेमा उनले भने, 'हामीलाई सुरक्षा व्यवस्थाप्रति कुनै कम्प्लेन छैन ।'विश्वकपका क्रममा अपराधी गतिविधिलाई साम्य पार्न दक्षिण अपिकाले झन्डै एक लाख ४० हजार प्रहरी परिचालन गर्दै छ ।उता दक्षिण अफ्रीकाले अंगोलामा भएको आक्रमणले आफ्नो मुलुकको सुरक्षा व्यवस्था कमजोर नहुने तर्क अघि सारिसकेको छ । साथै, त्यहाँका सुरक्षा अधिकारीहरूले सम्भावित आक्रमणको प्रतिकार गर्न आफ्ना सैनिकलाई उच्चस्तरीय तालिम दिएको जनाएका छन् । साथै पि्रटोरियाको विश्व विद्यालयले पनि स्तर वृद्धि तथा थप सुरक्षाका लागि दुई लाख ७० हजार अमेरिकी डलर खर्च गर्ने जनाएको छ । अर्जेन्टिनी टोलीको आग्रहमा सो रकमबाट विश्व विद्यालयमा रहेको चारतारे होटलको सुविधा बढाउनुका साथै प्लाज्मा टिभी तथा हि्वलपुल बाथको व्यवस्था गरिनेछ ।अर्जेन्टिनाले विश्वकपको समूह चरणमा दक्षिण कोरिया, नाइजेरिया र गि्रसको सामना गर्नेछ ।

No comments: