News

Jan 23, 2010

रक्षामन्त्रीलाई बर्खास्त गर्न बाबुराम भट्टराईको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ९,रक्षामन्त्री विद्यादेवी भण्डारीको विवादास्पद अभिव्यक्तिलाई व्यक्तिगत भन्दै सरकार पन्छन नमिल्ने एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। पोखरामा आज भएको पत्रकार सम्मेलनमा उनले भने, रक्षामन्त्रीलाई बर्खास्त गर्नसक्नु पर्छ। सरकारले गरेको खण्डन तँ रोए जस्तो गर, म पिटे जस्तो गर्छु भने जस्तै मात्र हो।भट्टराईले उच्चस्तरीय राजनीतिक संयन्त्रले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न नसके त्यसको कुनै औचित्य नहुने बताए। संविधान बन्नका लागि माओवादीको सरकार बन्नैपर्ने उनको कथन थियो। पार्टीका मागहरु संयन्त्रले पूरा नगरे संयन्त्र आफै निस्क्रिय हुने भट्टराईले बताए।

No comments: