News

Jan 20, 2010

गोठाटारमा गोली चल्यो, एक बालकको मृत्यु, दुई घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० जनवरी,२०१०,काठमाडौंको गोठाटारस्थित काँडाघारीमा आज बुधबार बिहान हतियारधारी समूहले प्रहार गरेको गोली लागि एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । गोठाटार-७ स्थित बाटोमा निर्माण सामाग्री थुपारेको बिषयमा विवाद हुँदा आज बिहान साँढे दश बजेतिर गाउँ बाहिरबाट गएको हतियारधारी समूहले चलाएको गोली लागि स्थानीय ८ बर्षो बालक सन्तोष कार्कीको मृत्यु भएको हो । अर्का घाइते राजाराम थापा र गजेन्द्र थापा गम्भीर घाइते भएका छन् । गम्भीर घाइते थापाद्वयको बीएण्डबी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । रत्न लामाले आफ्नो निर्माणाधीन घर अगाडिको बाटोमा गिट्टी थुपारेको बिषयमा स्थानीयबासीसँग विवाद बढेपछि गाउँ बाहिरबाट गएको हतियारधारी समूहले स्थानीयबासीहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । प्रहरीले उक्त घटनामा संलग्न रत्न लामाका छोरा पाल्टेन लामा र फुर्वा लामालाई चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ । हतियारधारी समूह चढेर आएको दुई वटा मोटरसाइकल स्थानीय बासिन्दाहरुले जलाएका छन् ।

No comments: