News

Jan 22, 2010

माओवादीले एमालेको सभामा आक्रमण गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली, माघ ८- माओवादीले एमालेको सभामा आक्रमण गरेका छन्। आक्रमणमा आधा दर्जन घाइते भएका छन्। एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गरिरहेका बेला कालो झण्डासहित आएका आफूलाई सुकुम्बासी बताउने माओवादीले एक्कासि सभामा ढुङ्गा प्रहार गरेपछि स्थिति तनावमय भएको थियो। उनीहरुले पुस २३ गते एमाले जिल्ला सदस्य महादेव बजगाइँलाई कुटेपछि उनलाई अस्पतालमा उपचार गराउनुपरेको थियो। माओवादीको यस्ता गतिविधिविरुद्ध एमालेले कुटिएको स्थान लम्कीमा भण्डाफोर कार्यक्रमअन्तर्गत सभा आयोजना गरेको थियो।सभा चलिरहेका बेला माओवादी आबद्ध सुकुम्बासीले आक्रमण गरेका थिए। जसमा यमबहादुर विक, रामबहादुर विक, जयसिंह नेपाली, शिवराज उपाध्याय आदि छन्। आक्रमणपछि सुरक्षाकर्मीसमेत तीन पक्ष सम्मिलित भिडन्त भएको थियो। घाइते हुनेमा सबै पक्षका छन्।केही समयअघि माओवादीले सुकुम्बासी भन्दै उनीहरुलाई लम्की नजिकै डुडेझारी भन्ने स्थानमा बसाएको थियो। प्रशासनले उनीहरुलाई त्यहाँबाट हटाउने क्रममा ६ जना मारिएका थिए। सोही बेलादेखि स्थानीय माओवादीले स्थानीय एमाले कार्यकर्तालाई चेतावनी दिँदै आएका थिए । र, यही क्रममा छिटपुट घटना पनि भइरहेका थिए।

No comments: