News

Jan 23, 2010

लिम्बुवान मुक्ति मोर्चा न्युटेरिटोरी हङकङ शाखा समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम/हङकङ
लिम्बुवान मातृभूमिको रक्षा गर्नु प्रत्येक लिम्बुवानवासी जनताको साझा दायित्व र कर्तव्य हो । भावी नेपालको संघीय संरचनामा लिम्बुवान स्वायत्त राज्यको सुनिश्चिता हुनुपर्छ भन्ने उद्देश्य तथा लिम्बुवान राज्यको ऐतिहासिक पृष्ठभूमिको आधारमा अर्थात अरुण-सप्तकोशी नदी पूर्व, मेची नदी पश्चिम, तिब्बत दक्षिण र भारत विहार उत्तरको यति चारकिल्ला क्षेत्रभित्र पर्ने झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लालाई मिलाएर लिम्बुवान स्वायत्त राज्य पुनः स्थापना हुनुपर्छ भन्ने उद्देश्यका साथ १५ जनवरी २०१० शुक्रवारका दिन लिम्बुवान मुक्ति मोर्चा न्युटेरिटोरी शाखा समिति, हङकङ विधिवत गठन भएको छ । लिम्बुवान जनताको आकाँक्षा लिम्बुवान स्वायत्त राज्यको स्थापना भएकोले मातृभूमि लिम्बुवानको रक्षाको निम्ति एवं लिम्बुवान स्वायत्त राज्य प्राप्तिका निम्ति हाल जीवन-मरण सशक्त संघर्ष गरिरहेको संयुक्त लिम्बुवान मोर्चा, (नेपाल) लाई सकेसम्म सहयोग र समर्थन गर्दै अघि बढ्ने भन्ने समितिको मुख्य उद्देश्य रहेको छ । र, सग्लो लिम्बुवान राज्य -अर्थात अरुण-सप्तकोशी नदी पूर्वको पृ्र्ण ९ जिल्लाहरु) प्राप्त नभएसम्म आफ्नो संघर्ष अविराम जारी रहने छ भन्ने समितिको दृढ अठोट रहेको छ । लिम्बुवान मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्यः श्री प्रकाश यक्सो र लिम्बृ् मुक्ति मोर्चा शाखा, हङकङका सदस्यः श्री जे.वी याक्थुङबाको समुपस्थितिमा गठन भएको उक्त समितिमा निम्न पदाधिकारी सदस्यहरु निम्न पदमा चयन भएका छन् ।
अध्यक्षः श्रीमति सीता चोङबाङ,
उपाध्यक्षः श्री ऋषि थेवे,
उपाध्यक्षः श्री लाल बहादुर काम्बाङ,
सचिवः राजेश क्षेत्री, सह
सचिवः राम फोम्बो,
कोषाध्यक्षः मिना लिबाङ,
सहकोषध्यक्षः दीपेन्द्र सङ्योक,
सदस्यहरु क्रमशः
याम बहादुर चेम्जङ,
जीवन केदेम,
शान्ता यङहाङ,
माया थेवे,
मन्जु रार्इ,
नन्द रार्इ,
सरिता लिम्बू,
तुलसी काम्बाङ,
राजकुमार लिम्बू
र प्रेम कृ्मारी फोम्बो रहेका छन् ।

1 comment:

Anonymous said...

आवेदक ध्यान।

2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।

यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

जरुरी ऋण जानकारी

आवेदन 2015 बाहिर छ।

इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874