News

Jan 23, 2010

सहमत भए प्रधानमन्त्री नेपाल संयन्त्रमा बस्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ जनवरी,२०१०,उच्चस्तरीय राजनीतिक संयन्त्रमा आमन्त्रित सदस्यका रुपमा बस्न प्रधानमन्त्री माधवकुमार नेपाल सकारात्मक देखिनुभएको छ । संयन्त्रको संयोजक एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग आज भएको भेटवार्तामा प्रधानमन्त्री नेपालले संयन्त्रमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुन सकारात्मक संकेत दिनु भएको कोइराला निकट समाचारस्रोतले जनाएको छ ।एमाले अध्यक्ष झलनाथ खनालसँगै कोइराला निवास, महाराजगञ्ज पुगेका प्रधानमन्त्री नेपालले संयन्त्रमा आमन्त्रित सदस्यका रुपमा बस्न सहमति जनाएको स्रोतले बताएको छ । यद्यपि संयन्त्रमा प्रधानमन्त्री नेपाललाई स्थायी वा अस्थायी आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने बिषयमा भने दलहरु खुलेका छैनन् । प्रधानमन्त्री नेपालले यस अगाडि संयन्त्रमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुने दलहरुको प्रस्तावमा असन्तुष्टि जनाउँदै आउनु भएको हो । भेटमा सहभागी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार संयन्त्रले गर्ने काम र उद्देश्यका बारेमा सभापति कोइरालाले प्रष्ट पारेपछि प्रधानमन्त्री संयन्त्रमा सहभागी हुन सहमत हुनु भएको हो ।

No comments: