News

Jan 21, 2010

१४ प्रदेशबिरुद्ध फेरी मधेश आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ जनवरी, २०१०,कांग्रेस आफैँ पनि असन्तुष्टकाठमाडौं-प्रमुख तीन ठूला दलले मधेश फुटाउने षडयन्त्र गरिरहेको भन्दै राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले हिजो पारित गरेको १४ प्रदेशको प्रस्तावलाई अस्वीकार गरेको छ । उसले त्यसको बिरोधमा आन्दोलनको घोषणा समेत गरेको छ । फोरम संसदीय दलको कार्यालय सिंहदरवारमा आज पत्रकार सम्मेलन गरी उसले प्रस्तावको अस्वीकार गरेको हो । संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी मधेस फुटाउन लागेको र त्यसलाई कांग्रेस र एमालेले पनि साथ दिएको भन्दै फोरमले आन्दोलन गर्ने निर्णय गरेको सह अध्यक्ष जेपी गुप्ताले बताए । राज्यपुर्नसंरचना समितिले बुधबार तयार पारेको मस्यौदामा तराईमा दुईवटा सहित विभिन्न १४ प्रदेश पारित गरिएको छ ।एक मधेस एक प्रदेशको माग गर्दै आएको फोरमले तराईमा दुई प्रदेश कायम गरेको भन्दै असन्तुष्टि जनाएको हो । गुप्ताले अव संविधान निर्माण भन्दा आन्दोलनमा केन्द्रीत हुने चेतावनी दिए । उनका अनुसार फोरमले समितिको निर्णयविरुद्ध माघ ९ गते रौतहटको गौरमा, १५ गते सर्लाहीको मलंगवामा र २० गते राजविराजमा जनसभा गर्ने तयारी गरेको छ । यसैबीच नेपाली काँग्रेसले राज्यको पुर्नसंरचना सम्बन्धी मस्यौदा प्रतिबेदनमा असहमति जनाउदै माओबादीले कानुनी र राजनीतिक त्रुटि सहित निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेको छ । उसले राजनीतिक अग्राधिकार लगायतका बिषयमा असहमति जनाएको छ ।काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठ र नरहरी आर्चाय लगायतका सभासदले सिहदरबारमा पत्रकार सम्मेलन गरेर राज्यको सिमाङ्कन र नामाङ्कनमा काँग्रेसको असहमति रहेको जनाएका हुन् । सभासद नरहरी आर्चायले माओबादीको अहंकार र उत्ताउलोपनाका कारण प्रजातान्त्रीक ब्यवस्थालाई चुनौति दिने बिषयलाई मस्यौदामा राखेको जानएको छ ।

No comments: