News

Jan 20, 2010

संघीयताको विरोधमा ११ जिल्ला बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० जनवरी,२०१०,सघीयताको विरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले आज लुम्बिनी र राप्ती अञ्चल बन्द आह्वान गरेको छ ।बन्द आह्वानका कारण दुवै अञ्चलका गरी ११ जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको छ । बन्दका कारण पूर्व पश्चिम राजमार्ग र सिदार्थ राजमार्गमा सवारी साधन चलेका छैनन् भने उद्योग कलकारखाना, बजार, शिक्षण संस्था पनि ठप्प बन्न पुगेका छन् ।बन्दका कारण राप्तीको दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम तथा लुम्बिनीको नवलपरासी, रुपन्देही, कपिलवस्तु,, पाल्पा, गुल्मी र अर्घाखाँचीको जनजीवन प्रभावित बन्न पुगेको छ । संघीयताले देश टुक्रिने र द्वन्द्व चर्किने भन्दै राष्ट्रिय जनमोर्चा संघीयताविरुद्ध आन्दोलनमा उत्रिएको हो ।

No comments: