News

Jan 22, 2010

रामकुमारी झाँक्रीले मागिन बिद्याको राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ जनवरी,२०१०,प्रमुख सत्तारुढ दल नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानमन्त्रीसँग फरक मत राख्नेहरु मन्त्री पदमा बसिरहनुको कुनै अर्थ नभएको बताएकी छन् । उनले अप्रत्यक्ष रुपमा आफ्नै माउ पार्टीमालेकी उपाध्यक्ष समेत रहेकी रक्षामन्त्री बिद्यादेवी भण्डारीको राजीनामा माग गरेकी छन् । प्राप्त समाचार अनुसार प्रेस चौतारी, पाल्पाले आज तानसेनामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष झाँक्रीले रक्षामन्त्रीले नेपाली सेनामा राजनीतिकरण गर्न खोजेको भन्दै उनको राजीनामा माग गरेकी हुन् । उनले हालै गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गर्नेहरु दक्षिणपन्थी भएको दावी समेत गरिन् ।सरकार र पार्टी नेतृत्वदायी व्यक्तिहरुले निर्धारित समयमा नै नयाँ संविधान बन्दैन भनेर र्सार्वजनिक कार्यक्रममा बोलेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष झाँक्रीले त्यस्तो गैर जिम्मेवार अभिव्यक्ति बोल्न नहुने बताइन । मुलुकको नागरिक समाजको बारेमा उनले भनिन्- हाम्रो देशमा नागरिक समाज छँदै छैन, संविधानसभा र सरकारमा नागरिक समाजको प्रतिनिधित्व खोज्ने, पद र कुर्सी पछाडि लाग्नेहरु नागरिक समाज हुनै सक्दैनन् ।

No comments: