News

Jan 21, 2010

शरणार्थी शिविरमा १ सय १५ भन्दा बढी छाप्रा जलेर नष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमक, झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बुधबार राति एक्कासि आगलागी हुँदा १ सय १५ भन्दा बढी छाप्रा जलेर नष्ट भएका छन्। राति अबेरसम्म आगलागी नियन्त्रण हुन सकेको थिएन। आगलागीका कारण शरणार्थीहरूको बिचल्ली भएको छ। उनीहरू आसपासका नेपाली नागरिकका घर र सडकतिर राति अबेरसम्म दौडिरहेका देखिन्थे। सो आगलागीको कारण भने खुलेको छैन।राति ९:४५ बजे बेलडाँगी-१ को सेक्टर ‘ए-३’ बाट सो आगलागी शुरू भएको थियो। पाथीभरा सशस्त्र गणका गणपति गणेश ठाडा मगरले बुधबार राति नेपाल समाचारपत्रलाई जानकारी गराउनुभएअनुसार सुरक्षा निकाय आगो नियन्त्रणका लागि खटिइरहे पनि पर्याप्त दमकलको अभावका कारण राति अबेरसम्म आगो पूर्णरूपमा नियन्त्रण गर्न सकिएको छैन।सयभन्दा बढी छाप्रा खरानी रातिसम्म आगो नियन्त्रण भएन

No comments: