News

Jan 19, 2010

भारतीय सेना प्रमुखलाई माओवादीको कालोझण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ जनवरी,२०१०,भारतीय सेना प्रमुख दीपक कपुरलाई कालो झण्डा देखाउने एकीकृत माओवादीका केही कार्यकर्ताहरुलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट आज पक्राउ गरेको छ । आज मध्यान्ह नेपाल आएका कपुरलाई विमानस्थलबाट बाहिरिने क्रममा माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाएपछि प्रहरीले सात जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । झण्डै एक महिना अगाडि कपुरले सेना समायोजनका बारेमा दिएको अभिव्यक्तिको एकीकृत माओवादीले आपत्ति जनाउँदै विरोध गर्दै आएको छ । पुस महिनाको पहिलो साता नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङ भारत भ्रमणमा गएको बेलामा कपुरले नेपाली सेनामा माओवादी सेनालाई सामूहिक प्रवेश गराउन नहुने अभिव्यक्ति दिएको भन्दै माओवादीले विरोध गरेको थियो । यद्यपि काठमाडौंस्थित भारतीय दूतावासले भने कपुरको भनाईको खण्डन गरेको थियो ।

No comments: