News

Jan 21, 2010

रक्षामन्त्रीलाई प्रधानमन्त्रीको पदीय मर्यादामा बस्न चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ जनवरी,२०१०, प्रधानमन्त्री माधवकुमार नेपालले पदीय मर्यादामा बस्न रक्षामन्त्री बिद्या भण्डारीलाई चेतावनी दिनुभएको छ । उहाँले प्रधानमन्त्री र शान्ति प्रक्रियासँग सम्बद्ध बिषयका बिपक्षमा नबोल्न समेत रक्षामन्त्री भण्डारीलाई निर्देशन दिनुभएको छ । एमाले मुख्यालय, बल्खुमा युवा संघ नेपालको कार्यक्रममा सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री नेपालले रक्षामन्त्री भण्डारीले पदीय मर्यादा भुल्न नहुने बताउनुभयो । रक्षामन्त्री भण्डारीले माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने निर्णय भए प्रधानमन्त्री र सेना समायोजन बिशेष समितिको निर्णय आफूले नमान्ने अभिव्यक्ति दिएको दुई दिनपछि प्रधानमन्त्री नेपालले उक्त निर्देशन दिनुभएको हो । उहाँले माओवादीसँग हतियार रहेसम्म उसलाई राजनीतिक दलका रुपमा मान्न नसकिने समेत बताउनुभयो ।

No comments: