News

Jan 20, 2010

भ्रमण र अवलोकनमा व्यस्त छन् भारतीय स्थल सेना प्रमुख

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० जनवरी,२०१०काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख दीपक कपुरले आज पनि विभिन्न स्थानको भ्रमण र अवलोकनमा व्यस्त रहेका छन् । उनी आज बिहान सैनिक उच्च शिखर शिक्षालयको अवलोकन गर्न मुस्ताङको जोमसोम पुगेका छन् । आजै दिउँसो नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना ब्यारेकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस्तै आजै दिउँसो कपुरले पोखरास्थित भारतीय पेन्सन क्याम्पको भ्रमण पनि गर्नेछन् । आज बेलुका प्रधानसेनापति छत्रमानसिंह गुरुङले आर्मी अफिर्सस क्लबमा आयोजना गरेको रात्रीभोजमा कपुर सहभागी हुने कार्यक्रम रहेको छ ।

No comments: