News

Jan 22, 2010

राजनीतिक संयन्त्रको कार्यविधि तय/माओवादी ह्ड्ताल फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ जनवरी, २०१०,उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आफ्नो कार्यविधि तय गरेको छ । । कार्यदलले तय गरेको कार्यविधिलाई काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निवासमा बसेको बैठकले पारित गरेको हो । संयन्त्रको अध्यक्ष कोइराला छन भने सदस्यका रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल छन् । बैठकमा संयन्त्रको अधिकार र कार्यविधिको बारेमा छलफल भएको छ ।शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन र निर्धारित समयमा संविधान निर्माणका लागि केही दिन अगाडि संयन्त्र निर्माण गरिएको हो । शान्ति र संविधान निर्माण संयन्त्रको मुख्य कार्यविधि रहेको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए । उनले माओवादीलाई संघर्षको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको पनि जानकारी दिए । यसैबीच पर्सी आइतबारदेखि माओवादीले गर्ने भनिएको अनिश्चितकालिन आमहड्ताल कार्यक्रम फिर्ता लिन माओवादी सहमत भएको छ । आज बसेको कार्यदलको बैठकमा यस्तो सहमित जनाएको कार्यदलका सदस्य एव‌ का‌ग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए । यद्यपी यसको औपचारिक घोषणा भरेमात्र हुने माओवादीले जनाएको छ ।

No comments: