News

Jan 19, 2010

माओवादीलाई कमजोर ठाने रक्तपात - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ जनवरी, २०१०,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको जारी आन्दोलनलाई कमजोरीको रुपमा ठाने रक्तपातपूर्ण आन्दोलन हुने चेतावनी दिएका छन् ।उनले आफ्नो पार्टीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन र समयमै संबिधान बनाउन गम्भिर रहेको बताउँदै माओवादीलाई दोष देखाएर संबिधान नबनाउने षडयन्त्रमा अन्य दलहरु लागिरहेको आरोप लगाए ।सल्यानमा आज आयोजित माओवादीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लाखौँको बलिदानी दिएर भएपनि संविधान बनाई छाड्ने घोषणा समेत गरे । देशमा युगान्तकारी परिवर्तन गर्नका लागि लाखौको संख्यामा महिला किसान युवा दलीत जनजाती संगठित हुन जरुरी भएको बताउदै प्रचण्डले त्यस्तो परिवर्तनले मात्र देश वास्तवीक रुपमा स्वाधिन हुन सक्ने बताए ।अंग्रेजसंग गरिएको सुगौली सन्धी अंग्रेजले भारत छाडिसके पश्चात औचित्य हिन बताउँदै उनले अब भारतसँग सन्धी संझौता गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नयाँ संधि संझौता भएन भने सुगौली संधि पूर्वको भुभागमा नेपालको अधिकार रहने चेतावनी पनि दिए । उच्चस्तरीय राजनीतिक संयन्त्रले सहमति जुटाउने विश्वास व्यक्त गर्दै राजनीतिक सहमति बिरुद्ध लागेकाहरुले संयन्त्रको बिरोध गरेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

No comments: