News

Jan 20, 2010

सरकारद्वारा रक्षा मन्त्रीको भनाइ खण्डन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ६,सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले रक्षा मन्त्री विद्यादेवी भण्डारीको सेना समायोजनसम्बन्धी भनाइ खण्डन गरेका छन्। उनले सरकार शान्ति सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै सेना समायोजनसम्बन्धी विशेष समितिले गरेको निर्णय कार्यान्वयनमा प्रतिबद्ध रहेको पनि जनाए। रक्षा मन्त्री विद्यादेवी भण्डारीले हिँजो मात्र विशेष पत्रकार सम्मेलनमार्फत् माओवादी सेना नेपाली सेनामा गाभ्न नहुने बताउँदै सरकारले त्यस्तो निर्णय गरे पनि त्यो आफूलाई मान्य नहुने बताएकी थिइन्।भण्डारीलाई सोझै केही नभनी प्रवक्ता मन्त्री पोखरेलले उनको भनाइको खण्डन गरेका हुन। बुधबारको मन्त्रिपरिषद् बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा उनले यस्तो भनाइ राखेका हुन।बैठकमा भण्डारी भने सहभागी थिइनन्।
मन्त्रिपरिषद्का अरु निर्णय यस प्रकार छन्-
- पवनजङ्ग थापाको रथीमा बढुवा भयो
- उपरथी गौरवशमशेर राणा र अनिलजङ्ग थापाको २/२ वर्ष म्याद थप भयो
- जनकपुर-जयनगर रेल्वे कम्पनीको महाप्रबन्धक भोला पन्जियार हुने भए

No comments: