News

Jan 22, 2010

चार महिना म्याद थपियो अनमिनको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ जनवरी,२०१०, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले नेपालमा कार्यरत राष्ट्रसंघीय मिसन अनमिनको म्याद र्सवसम्मतिले थप गरेको छ । नेपाल सरकारले अनमिनको कार्यविधि चार महिना थप गर्न पछिल्लो पटक राष्ट्रसंघलाई आग्रह गरेको थियो ।हिजो बिहिबारदेखि अनमिनको म्याद सकिएको थियो । नेपाली समयानुसार बिहिबार राती अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बसेको बैठकले नेपाल सरकारको आग्रहानुसार अनमिनको म्याद थप गर्ने निर्णय गरेको थियो । अनमिनको म्याद थप गरिएको अवधिभित्र शान्ति प्रक्रियाको महत्वपुर्ण् काम सम्पन्न गर्न समेत परिषदले नेपाल सरकारलाई आग्रह गरेको छ ।

No comments: