News

Jan 21, 2010

उपराष्ट्रपति क्रियाशील बनाउन सरकारलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ७,निष्क्रिय भूमिकामा रहेका उपराष्ट्रपति परमानन्द झालाई क्रियाशील बनाउन व्यवस्थापिका संसदले सरकारलाई निर्देशन दिन साझा संकल्प प्रस्ताव दर्ता भएको छ। प्रमुख तीन दल माओवादी, कङ्ग्रेस र एमालेका सचेतकहरु क्रमश पोष्टबहादुर बोगटी, लक्ष्मणप्रसाद घिमिरे र भीम आचार्यले हस्ताक्षर गरी आजै सो प्रस्ताव संसदमा दर्ता गरिएको हो। संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको तीन दलका मुख्य सचेतकहरुको बैठकले साझा सङ्कल्प प्रस्ताव तयार पारेका थिए। यो प्रस्ताव पास गरेर मात्र संविधानको सातौं संशोधन विधेयक पारित सहमति पनि उनीहरुबीच भएको छ।

No comments: