News

Jan 23, 2010

संविधानसभामा विभाजित एमाले/बैठकमा रडाको/सभासदहरुबीच भनाभन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ जनवरी,२०१०,प्रमुख सत्तारुढ दल नेकपा एमाले संविधानसभाभित्र विभाजित भएको छ । राज्य पुनर्संरचना र शासकीय स्वरुपबारे पार्टीको आधिकारिक धारणा बनाउन आज शनिबार बसेको एमाले संसदीय दलको बैठकमा मत बाझिएपछि एमालेको संसदीय दलको आज बसेको बैठकमा सभासदहरुबीच भनाभन नै भएको थियो । बैठकले राज्यको शासकीय स्वरुपका बिषयमा एकमत बनाउन नसकेपछि एमालेका सभासदहरु संविधानसभामा विभाजित रुपमा नै प्रस्तुत हुने भएका छन् । यस अगाडि राज्यको शासकीय स्वरुप निर्धारण समितिमा संसदबाट निर्वाचित प्रधानमन्त्रीका पक्षमा एमालेले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको थियो तर पछिल्लो बैठकमा एमाले संस्थापन पक्षका रत्ना गुरुङसहित चार सभासदले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेपछि एमालेमा विवाद शुरु भएको हो । एमाले नेता केपी ओली समर्थक मानिएका बिष्णु पौडेल लगायतका ३ सभासदले भने संसदबाट निर्वाचित गर्ने प्रधानमन्त्रीका पक्षमा मतदान गरेका थिए ।एमाले संसदीय दलका नेता झलनाथ खनालले पार्टीको घोषणापत्र अनुरुप नै दलका सभासदहरु प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीका पक्षमा उभिने बताउनु भएको थियो ।

No comments: