News

Jan 19, 2010

विवाह नखुलेका सभासद्का छोराछोरी टन्नै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकआपसमा कमै मात्र गफगाफ गर्ने सभासद्हरू पनि सोमबार एकले अर्कालाई जिस्क्याउन मस्त थिए। कोही ‘ए तिमीले त विवाह नै नगरी छोराछोरी जन्माएछौ नि’ भन्दै थिए भने कोही ‘किन, अर्को विवाह गर्न वैवाहिक स्थिति प्रस्ट नपारेको-’ भन्दै थिए।सभासद्हरूमा एकले अर्कालाई जिस्क्याउने वातावरण बनाइदिएको थियो संसद् सचिवालयद्वारा प्रकाशित सभासद् परिचय पुस्तकले।संविधानसभा सचिवालयले संविधानसभाका ६ सय १ जना सभासद्को परिचय खुल्ने गरी प्रकाशन गरेको पुस्तक सोमबारदेखि सभासद्हरूलाई मात्र भनी वितरण शुरू गरेको छ। पुस्तक हेरेर जिस्क्याउने क्रम बढेपछि केही सभासद् त हतारहतार किताब झोलामा हालेर टाप ठोक्न व्यस्त थिए।कोही सभासद्ले त आफ्नो ठेगाना कहाँ लेख्ने भन्ने कुराको अलमलले पुस्तक प्रकाशनका लागि वितरण गरिएको र्फमसमेत भरेका छैनन्। त्यसरी र्फम नभरेका सभासद्को परिचयपत्रमा जे ठेगाना राखिएको छ, त्यति मात्रै उल्लेख गरी पुस्तकमा नाम समावेश गरिएको छ।एक दर्जनभन्दा बढी सभासद्ले आफू भारतमा जन्मिएको भन्न गाह्रो मानेका छैनन् भने जन्ममिति खाली राख्ने सभासद्हरूको संख्या पनि निकै छ। कतिपय सभासद्को वैवाहिक स्थिति के हो भन्ने उल्लेख नै छैन तर छोराछोरीको संख्या भने उल्लेख गरिएको छ।

No comments: