News

Jan 18, 2010

नेता तथा पश्चिम बङ्गालका पूर्वमुख्य मन्त्री ज्योति बसुको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलकोता, माघ ३,भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका वरिष्ठ नेता तथा पश्चिम बङ्गालका पूर्व मुख्य मन्त्री ज्योति बसुको निधन भएको छ । ९५ वर्षका बसुको निधन कोलकोताको एउटा अस्पतालमा आइतबार भएको हो । बसु २ सातादेखि गम्भीर बिरामी थिए । निधनको समय उनको पूरै परिवार तथा भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु अस्पतालमा थिए । केन्द्रीय गृहमन्त्री पी चिदम्बरम पनि अस्पतालमा थिए । बसुको निधन स्थानीय समयअनुसार ११ बजेर ४७ मिनेटमा भएको थियो । बसुको निधनको ‌‍औपचारिक घोषणा वामपन्थी मोर्चा समन्वय समितिका अध्यक्ष विमान बोसले गरेका थिए । बसु भारतका लगातार सबैभन्दा लामो समय शासन गर्ने मुख्य मन्त्री हुन् । पहिलो पटक सन् १९७७ मा पश्चिम बङ्गालका मुख्य मन्त्री बनेका बसुले सन् २००० मा स्वास्थ्यका कारण राजिनामा दिएका थिए ।
छोटोमा ज्योति बसु
जन्म : सन् १९१४ जुलाई ८
राजनीतिमा प्रवेश : - सन् १९३० मा कम्युनिष्ट पार्टी अफ इण्डियाको सदस्य
राजनीतिक जीवन - सन् १९५२ देखि सन् १९५७ सम्म
पश्चिम बङ्गाल क्षेत्रका सचिव - सन् १९४६ मा पहिलो पटक बङ्गाल विधानसभामा निर्वाचित- सन् १९५२, १९५७, १९६२, १९६७, १९६९, १९७७, १९८२, १९९१ र १९९६ मा विधानसभाका सदस्य।
सन् १९५७ देखि सन् १९६७ सम्म विपक्षी दलको नेता - सन् १९७७ जुन २१ मा पश्चिम बङ्गालको मुख्यमन्त्री बने।
स्वास्थ्यको कारण सन् २००० नोभेम्बर ६ मा मुख्यमन्त्रीको पद छाडे।

No comments: