News

Jan 18, 2010

राजधानी काठमाडौंबाट सार्ने वा नसार्ने भन्नेबारे व्यापक विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ४,संविधानसभा राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको आजको बैठकमा मुलुकको राजधानी काठमाडौंबाट सार्ने वा नसार्ने भन्नेबारे व्यापक विवाद भएको छ। काठमाडौं अत्यन्त साँघुरो भएकाले राजधानी सार्ने/नसार्नेबारे नीति र विधि टुङ्गो लगाउनुपर्ने जिद्दी केही सभासद्को थियो तर ठाउँको यकिन भने पछि गर्ने सहमति भएको छ। समितिको आजको बैठक सो समितिअन्तर्गत गठित उपसमितिद्वारा प्रस्तुत मस्यौदाको प्रतिवेदनमा देखिएका भाषागत त्रुटि सच्याउने र छुटफुट विषयलाई समावेश गर्ने विषयमा केन्द्रित रह्यो।मेलम्चीबाट काठमाडौंमा खानेपानी ल्याउने पक्षमा काम नभएको, फोहोर व्यवस्थापनको समस्याले साह्रै सताएको जस्ता कारण राजधानी सार्नुपर्ने कारणमा उठाइएका तर्क थिए। तर यस्तो महत्वपूर्ण विषयलाई सामान्यरुपमा उठाउन नहुने अर्को पक्षको भनाइ थियो। बैठकले राजधानी सार्नेबारे गृहकार्य गर्न उपसमितिलाई जिम्मेवारी दिएको छ।

No comments: