लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
घरजग्गा व्यवसायमा कमी आइरहेका वेला भक्तपुरको कौशलटारमा इस्टर्न अपार्टमेन्टले बुकिङ खुला गरेको दुई दिनमै १७४ अपार्टमेन्ट बुकिङ भएका छन् । आयुशा डेभलोपर्सले विकास गरी फस्ट काठमाडौंले बजार व्यवस्थापन गरेको इस्टर्नले आइतबारदेखि सर्वसाधारणका लागि बुकिङ खुला गरेको थियो । कोहिनुर हिल हाउजिङले प्रवर्द्धन गरेको इस्टर्नको बुकिङ खुला भएको दिन ९४ वटा र दोस्रो दिन ८० वटा अपार्टमेन्ट बुकिङ भएका हुन् ।
सस्तो मूल्यमा अपार्टमेन्ट उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको इस्टर्नले ग्राहकलाई नगद खरिद गर्दा विशेष छुट दिएको छ । ५० प्रतिशतसम्म रकम अगि्रम भुक्तान गरेर ३ वा ५ वर्षे किस्ताबन्दीमा अपार्टमेन्ट बुकिङ गर्ने सुविधा दिएको छ ।
पहिलो चरणमा ८ वटा टावरमा ४ सय ४८ वटा फ्ल्याट उपलब्ध गराउने उद्देश्यका साथ अपार्टमेन्ट निर्माण गर्न लागिएको हो । कम्पनीले एक टावरमा ५६ वटा फ्ल्याट रहने जनाएको छ । हाल कम्पनीले ३ र २ सयनकक्षसहितका फ्ल्याटको बुकिङ खुला गरेको हो । नगद खरिद गर्दा १३ लाख ८० हजारदेखि २६ लाख ९२ हजारसम्म मूल्यमा पाइने फ्ल्याटलाई किस्ताबन्दीमा समेत किन्न सकिनेछ । कम्पनीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको सुविधा दिइने जनाएको छ । तीन महिनापछि निर्माण सुरु गरी तीन वर्षभित्र ग्राहकलाई हस्तान्तरण गर्ने कम्पनीको योजना छ ।
No comments:
Post a Comment