लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिंटन डिसी, चैत २४- नेपाल अमेरिकाबीच लगानी र व्यापारिक सम्बन्ध बढाउन सोमवारदेखि व्यापार तथा लगानी ढाँचा सम्बन्धी सम्झौता (टिफा)का लागि वार्ता शुरु भएको छ। वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल वासिंटनमा छ। सम्झौता मस्यौदालाई अन्तिमरुप दिन वाणिज्य सचिव पुरुषोत्तम ओझाको नेतृत्वमा वासिंटन डीसी आएको नेपाली प्रतिनिमण्डल र ह्वाइट हाउसका दुई वरिष्ठ अधिकारीबीच सोमबार छलफल भएको छ।
अमेरिकी विदेश मन्त्रालय सहायक मन्त्री रवर्ट ब्लेक र व्यापार नीति तथा कार्यक्रम ब्युरो उपसहायक मन्त्री विलियम क्राफ्टसँग नेपाल प्रतिनिधिमण्डलबीच भेट वार्ता भएको हो। वार्तामा नेपाली पक्षले तयारी पोशाक लगायत अन्य नेपाली उत्पादन अमेरिका प्रवेशमा भन्सार छुट, व्यापार अभिवृद्धिका लागि प्राविधिक सहयोगलाई मुख्य मुद्दाको रुपमा राखेको थियो।

No comments:
Post a Comment