लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० अप्रिल,२०१०,घरजग्गा व्यवसायीहरु पनि आन्दोलनमा उत्रिने तयारीमा जुटेका छन् । रियल स्टेट तथा आवासीय घरकर्जामा तोकिएको सीमा खारेज गर्न राष्ट्र बैंकसँग माग गर्दै घरजग्गा व्यवसायीहरुले माग पूरा नभए सडकमा उत्रिने चेतावनी दिएका छन् । सरकारले घरजग्गासम्बन्धी स्पष्ट नीति नल्याएको आरोप उनीहरुको छ । घरजग्गा कारोवार अनुत्पादक भएको भन्दै राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाई गरेको थियो ।
नेपाल जग्गा तथा आवास विकास संघले बैंकहरुले बढाएको ब्याज खारेज गर्नुपर्ने, घरजग्गा निर्माणमा लगाइएको भ्याट खारेज गर्नुपर्ने, मोही तल्सिङ खुला गर्नुपर्ने लगायतका मागहरु अगाडि सार्दै आएको छ । उनीहरुले चाँडै आफ्ना मागहरुबारे ध्यानाकर्षण गर्न सरकारलाई ज्ञापनपत्र बुझाउने तयारीमा रहेका छन् ।

No comments:
Post a Comment