लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० अप्रिल,२०१०,पार्टीमा आन्तरिक विवाद उत्पन्न भएपछि प्रमुख सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलको बैठक आज पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।एमालेका केही शर्षि नेताहरुले आफ्नै पार्टी नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय सहमति कायम गर्न असफल भएको भन्दै सरकार परिवर्तनका लागि माग गरिरहेको अवस्थामा एमाले बैठक बसेको छ । स्मरण रहोस्– सरकारविरुद्ध केही सभासदहरुले हस्ताक्षर संकलन समेत शुरु गरिसकेका छन् । बैठकमा सरकार समर्थक र विरोधी सभासद तथा नेताहरुबीच चर्काचर्की भईरहेको एमाले निकट समाचारस्रोतले जनाएको छ । आजको बैठकमा सरकारविरोधी भनेर चिनिएका केही सभासदहरुले प्रधानमन्त्रीले राजीनामा दिएर एमाले बचाउनुपर्ने र संविधान निर्माण र शान्ति प्रक्रिया पूरा गर्न बाटो खुलाउनुपर्ने प्रस्ताव गरेका छन् । यद्यपी प्रधानमन्त्री नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली पक्षधरहरुले भने उक्त प्रस्तावको विपक्षमा उत्रिएको स्रोतले जनाएको छ ।

No comments:
Post a Comment