लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँग्रेस र माओवादीका कार्यकर्ताहरुको झड्पपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले हुम्लाको सदरमुकाम सिमिकोटमा कर्फ्यु आदेश जारी गरेको छ । प्राप्त समाचार अनुसार दुइ दलका कार्यकर्ताहरु आजदेखि एक अर्कोविरुद्ध आक्रमणमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमीकोट र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । आज बुधबार बिहानदेखि तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सदरमुकाम सिमीकोट र आसपासका क्षेत्रमा दिउँसो साँढे १२ बजेदेखि अनिश्चिकालीन कर्फ्यु आदेश जारी गरेको हो । सिमीकोटमा व्यापार गरि बसेका माओवादी कार्यकर्ता रामचन्द्र घिमिरे र नेपाली काँग्रेसका कार्यकर्ता रवि बस्नेतबीच लेनदेन विवाद बढ्दै गएपछि दुवै पार्टी कार्यकर्ताहरुबीच झड्पको अवस्था सिर्जना भएको हो । दुवै पार्टी कार्यकर्ताहरुले एक अर्कोको पार्टी कार्यालय तोडफोड समेत गरेका थिए ।
No comments:
Post a Comment