लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख दलका शीर्ष नेताहरुले समयमै संविधान निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइरहेपनि कामै नपाएपछि संविधानसभा भने बुधबारदेखि अनिश्चितकालका लागि स्थगित भएको छ।संविधान निर्माण सँग सम्बन्धित कैयौ विषयहरुमा प्रमुख दलहरुबीच सहमति जुट्न नसकेकोले यस्तो स्थिति उत्पन्न भएको हो। यस्ले गर्दा अब जेठ १४ गते संविधान जारी हुने आशंकाहरुलाई थप बल मिलेको छ। संविधानसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि उनको स्थान खाली हुन गएको जानकारी गराइएको थियो।
No comments:
Post a Comment