लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साना, चैत २७,विवाहको छैंठौं दिनमा यमनकी एक बालिकाको मृत्यु भएको छ। इलहाम मेहदी अल आसी नाम गरेकी सो बालिकाको गत शुक्रबार मृत्यु भएको हो। उनका जवान श्रीमानको यौनक्रियाकलापका कारण १३ वर्षे आसीको ज्यान गएको बताइएको छ। स्थानीय अधिकारवादी संस्थाले जनाएअनुसार हाज्जा प्रान्तस्थित अल थावरा अस्पतालमा उनको मृत्यु भएको थियो। चिकित्सकको प्रतिवेदनमा उल्लेख भएअनुसार अत्याधीक रक्तस्रावका कारण बालिकाको मृत्यु भएको हो। चिकीत्सक टोलीले उनको यौनांग क्षतविक्षेत भएको प्रतिवेदनमा जनाएको छ।परंपरागत प्रक्रियाअनुसार मृत्युको पाँच दिनअघी मात्र उनको विवाह भएको स्थानीय बासिन्दाले बयान दिएका छन्। दाजुबहिनीले अर्को परिवारका दाजुबहिनीसँगै विवाह गर्ने स्वाप परंपराअनुसार उनीहरुको विवाह सम्पन्न भएको थियो।
No comments:
Post a Comment