लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहनसवर्ग, दक्षिण अफ्रिका, जेठ २१ दक्षिण अफ्रिकाका पहिला अश्वेत राष्ट्रपति नेल्सन मण्डेला ११ जुनबाट सुरु हुने फिफा विश्वकपको उद्घाटन र समापन समारोहमा उपस्थित हुने त्यहाँका खेल मन्त्रीले बताएका छन्। 'मण्डेलाले विश्वकपमा उपस्थित हुने माग गरेका छन्। उनले उद्घाटन र समापन समारोहका चार टिकटका लागि अनुरोध गरेका थिए। र आयोजकले उनको माग पुरा गरेका छन्। खेल मन्त्री माखेन्केसी स्टोफिलले दि स्टार न्यूजपेपरलाई भने।मण्डेला परिवारले यस अघि देशका महान नेता शारिरिक रुपमा निकै कमजोर भएकोले विश्वकपका क्रममा स्टेडियमसम्म जान नसक्ने बताएको थियो।वृद्धावस्थाका कारण मण्डेलाको कार्यक्रम प्राय अन्तिम मिनटसम्म खुलाइँदैन।आगामी महिना (जुलाईमा) ९२ वर्ष पुग्ने मण्डेलाले दक्षिण अफ्रिकामा विश्वकप ल्याउने अभियानमा सहभागी भएका थिए। उनी सन् २००४मा ज्यूररिचमा विश्वकप आयोजनाको अधिकार दक्षिण अफ्रिकालाइ दिने घोषणा हुदा उनी त्यही थिए।'हाम्रा लागि यो स्वाभाविक प्रकृया हो। विश्वकपका लागि लायक कोही एक जना छ भने उनी मादिबा नै हुन् र उनी यहाँ आउनु राम्रो हो।' स्टोफिलले मण्डेलालाई जातीय नामबाट सम्बोधन गर्दै भने।फिफा अध्यष सेप ब्लाटरले आफूले मण्डेलाको पुरानो घर नजिकै रहेको सोवेटो क्षेत्रमा बनाइएको जोहनसवर्गको नयाँ स्टेडियममा मण्डेलाको उपस्थिती हुने आशा गरेको बताएका छन्।
No comments:
Post a Comment