News

Jun 17, 2010

राज्यमन्त्री सञ्जय साहले राज्यमन्त्री पदको दुरुपयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२ असार,भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय साहले पदको दुरुपयोग गर्दै चालू आर्थिक वर्ष सकिन लाग्दा आफ्नो निर्वाचन क्षेत्रमा १ सय ४१ कार्यक्रम प्रस्ताव गरेका छन् । साहले सिफारिस गरेका कार्यक्रम राष्ट्रिय महत्त्वका नभई मठमन्दिर, धर्मशाला, क्लबका भवन आदि निर्माण रहेका छन् ।
राज्यमन्त्री साहले आपनो निर्वाचन क्षेत्रमा खर्च गर्न चालू आर्थिक बजेटमा स्वीकृत योजना र कार्यक्रमलाई छुट्याइएको रकम स्रोतान्तर/रकमान्तर गर्दै खर्च गर्ने गरी ती कार्यक्रम प्रस्ताव गरेका हुन् । उनले धनुषाका कुकनपट्टी गाविसमा १५ र कुर्था गाविसमा १३ कार्यक्रम प्रस्तावित छन् भने स्थानीय रूपमा स्थापना भएका क्लबलाई पनि रकम दिन प्रस्ताव गरिएको छ । भौतिक योजना मन्त्रालयले संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको प्रतिवेदनमा प्रस्तावित कार्यक्रममा धर्मशाला, सामुदायिक भवन, मन्दिर र क्लबका भवन निर्माण गर्ने उल्लेख छ ।

No comments: