News

Jun 17, 2010

दुई महिनाका लागि रूख कटानीमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २ ,सरकारले आगामी साउन मसान्तसम्म रूख कटानीमा रोक लगाउने निर्णय गरेको छ । सरकारको विभिन्न परियोजनामा असर नपर्ने गरी रूख कटानीमा रोक लगाइएको छ ।सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शङ्कर पोखरेलले वन फडानी र वन्यजन्तुको चोरी निकासी भइरहेको सन्दर्भमा बैठकमा गम्भीर छलफल गरिएको बताउँदै यस कार्यलाई रोक्न सिफारिस गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसैगरी, सरकारले ललितपुर क्षेत्रमा रहेको राष्ट्रसङ्घीय (युएन) पार्कको जग्गामा गणतन्त्र स्तम्भ निर्माण गर्ने निर्णय गरेको छ ।

No comments: